रणवीर र श्रद्धाको फिल्मसेटमा आगलागी

Read Time = 1 min

मुम्बई । बलिउड कलाकार रणवीर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा गएको शुक्रबार आगलागी भएको छ । सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेष्टको चित्रकुट स्टुडियोमा हुने तय भएको थियो । तर, सेटमा आगलागी भयो । सो फिल्मसँगै राजश्री प्रोडक्सन्सको सेटमा पनि आगो लागेको थियो ।

आगलागीमा परेर मनिष देवासी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालले उहाँलाई मृत घोषित गरेको छ । ३३ वर्षीय देवासी सेटमा ‘लाइट’ मिलाउने काम गर्नुहुन्थ्यो । आगलागीको कारण भने खुलेको छैन । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?