पोष्ट-प्रोडक्सनमा ‘के घर के डेरा’

Read Time = 2 mins

काठमाडौं । निर्देशम दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को डविङ थालिएको छ । शुक्रबार अभिनेता विपिन कार्कीको भागको डविङ गर्दै चलचित्रको पोष्ट-प्रोडक्सन काम सुरुवात गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

निर्देशक खनालले आफ्नो सोचनुसारै चलचित्र निर्माण भइरहेको बताउनुभयो । चलचित्रका कलाकारले आफूलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विश्वस्त रहेको निर्देशक खनालको अनुभव छ । आफ्नो हरेक चलचित्रमा दर्शकले पाउने सम्पूर्ण खुराक ‘के घर के डेरा’मा पाउने विश्वास व्यक्त गर्नुभयो । सिनेमाको आगामी कात्तिक ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुनुहुन्छ । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रूपमा रहनु भएको छ । सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको हो ।

शंकर थापा स्माइलको संगीत, सुव्रत आचार्यको गीत रचना, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन ‘के घर के डेरा’मा रहनेछ ।चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?