‘तीजको रमझमी’मा अशु न्यौपानेको छमछमी

Read Time = 2 mins

काठमाडौं । यस वर्षको तीज पर्व नजिकिँदै गर्दा गीतहरू सार्वजनिक भइरहेका छन् । कतिपय गीत रेकर्ड र छायांकन भइरहेका छन् भने डिजिटल बजारमा दर्जनौं गीतहरू सार्वजनिक भइसकेका छन् ।

यसैबीच यसै भिडमा ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक गरिएको छ । चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय व्यस्त बन्दै गइरहेकी मोडल अशु न्यौपानेले छमछमी नाँच्नुभएको छ । सफल संगीतकार ताराप्रकाश लिम्बूको संगीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सविन लिम्बूले एरेञ्ज गर्नुभएको छ । प्यासिफिक प्रोडक्सनले निर्माण गरेको ‘तीजको रमझमी’बोलको गीत प्यासिफिक प्रोडक्सनस् युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ ।

पछिल्लो समयका सफल तथा व्यास्त निर्देशक शान थापाले निर्देशन गरेको तीज गीतको म्युजिक भिडियोमा सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । निर्देशक थापाले मोडल अशुलाई तारिफ योग्य काम गराएको देख्न सकिन्छ । भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी, राजीव समरको कोरियोग्राफी र इडिट, कलर रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?