साफ यू-२० च्याम्पियनसिप : नेपाल र भारत खेल्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालिंगा स्टेडियममा साँझ ७:१५ बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ ।

नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बङ्लादेश फाइनलमा पुग्नेछन् भने बराबरी भएमा बंगलादेश फाइनल पुग्ने पहिलो टोली हुनेछ । दोस्रो टोलीका लागि लिग चरणको अन्तिम दिन कुर्नुपर्नेछ ।

प्रतियोगिताको अंक तालिकामा बंगलादेश शीर्ष स्थानमा छ । उसको तीन खेलमा नौ अंक छ । नेपाल दोस्रो स्थानमा छ । नेपालको दुई खेलमा ६ अंक छ । भारत दुई खेलमा तीन अंक साथ तेस्रो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?