जुम्लाको कनकासुन्दरीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-विजय रावत
जुम्ला । जुम्लाको सिंजा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका १ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । विहान करिव साढे ६ वजे दुर्घटना हुदा मृत्यु हुनेमा मुगु जिल्ला राराछायानाथ नगरपालिका २ का २५ बर्षिया दिपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

जीप सुर्खेत बाट मुगुका लागि छुटेको थियो । लु १ ज ३७३४ नम्बरको जीपको बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

जीप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जीपमा अन्य ४ जना यात्रु सवार थिए । अरु यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?