बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । आरबी लाइपजिगलाई ५-३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप च्याम्पियन बनेको छ । बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे ।

लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको पहिलो उपाधि हो ।

बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १०औं पटक सुपर कपको उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?