यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ २४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८५ पैसा छ ।

आज अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य ८८ रुपैयाँ ८५ पैसा छ । त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा छ भने साउदी अरेवियन रियल एकको खरिद ३३ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ८४ पैसा रहेको छ ।

कतारी रियल एकको खरिददर ३४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?