डडेल्धुरामा लागूऔषधसहित ३ जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-दिपक राज भट्ट

डडेल्धुरा । डडेल्धुरामा जिल्ला सदरमुकाको एक होटल बाट लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका-९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका-६ का २६ वर्षीय अनिल ताम्राकारलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयाे ।

अमरगढी नगरपालिका-५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरोहिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको उहाँले बताउनुभयाे ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भट्टले जानकारी दिनुभयाे । प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको भएपनि आइतबार मात्रै सूचना सार्वजनिक गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?