पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराधः अदालत

हिमालय टाइम्स
Read Time = 1 min

ओटाबा । यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ ।

सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका, त्यसपछि व्यक्तिगत रूपमा भेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका दुई जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।

नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क गर्न सहमति जनाएकी थिइन् । दुई मध्ये एक पटकको यौन सम्पर्कमा अभियुक्त पुरुषले कन्डम लगाएका थिएनन् । सोही कारण महिलाले एचआईभी रोकथामको उपचार गर्नु परेको थियो ।

प्रतिवादी रोस म्याकेन्जी किर्कप्याट्रिकलाई यौन दुर्व्यवहारको आरोप लगाइएको थियो । कन्डम लगाउन असफल भए तापनि उजुरीकर्ताले यौन सम्बन्धमा सहमति जनाएको फैसलामा उल्लेख छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?