जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

Read Time = 2 mins

काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनु भएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आउनुभएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शर्माले आजै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिनुभएको थियो ।

यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?