मुगु र जुम्लामा सवारी दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते

Read Time = 2 mins

मुगु । कर्णाली प्रदेशको मुगु र जुम्लामा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

छायाँनाथ रारा नगरपालिका-१३ रुगा गाउँबाट सदरमुकाम गमगढी बजार आउँदै गरेको लु४च ६७६२ नम्बरको ट्याक्टर दुर्घटना हुदा छायाँनाथ रारा नगरपालिका-१३ का अन्दाजी २६ वर्षीय लोकेन्द्र लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार बिहान ९ बजे रुगाबाट कर्णालीतिर आउँदै गरेको ट्याक्टर सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टरका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा ठिनीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुभाष हमालले जानकारी दिनुभयो ।

यस्तै, जुम्लाबाट मुगु आउँदै गरेको लु१ज ३७५४ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका १ बुलबुलेको मेलपानीमा दुर्घटना हुँदा छायाँनाथ रारा नगरपालिका २ का २५ वर्षीय दिपक तिरुवाको घटनास्थलमै मृत्यु भएको छ । सहचालक दलबहादुर बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला उपचारकै क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?