सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त : उपाध्यक्ष पौडेल

Read Time = 3 mins

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने बताउनु भएको छ ।

यो गठबन्धनलाई मुलुकको चिन्ता भन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उहाँले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताउनु भयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८र७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताउनु भएको हो । ुसत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महंगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ।ु उहाँले भन्नुभयो, ुतर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।ु

उहाँले मुलुकलाई सही दिशा निर्देश गर्ने र ठिक ढंगले नेतृत्व गर्ने पार्टी एमाले बाहेक अरू नभएको दाबी पनि गर्नुभयो । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेतिथिले पनि एमाले बाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उहाँले बताउनु भयो ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रुपन्देहीबाट स्वर्ण, रजत र काश्यपदक विजेता खेलाडीलाई सम्मान गर्दै पूर्व खेलकूदमन्त्री समेत रहनुभएका पौडेलले खेलाडी राष्ट्रका गहना नभई आधारस्तम्भ रहेको बताउनु भयो । खेलाडीहरूको समस्यामा हरेक समय साथ दिन एमाले तयार रहेको र उनीहरूका मुद्दा सम्बोधनका लागि निरन्तर क्रियाशील रहने पनि पौडेलले बताउनु भयो ।

कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष देवबहादुर गुरुङ, सचिव डा। शक्ति बस्नेत, एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचन, एकेडेमीका रुपन्देही जिल्ला अध्यक्ष मणि भण्डारी, सहसचिव सरिता रानालगायतले खेलकुद क्षेत्रले राष्ट्रको पहिचान स्थापित गर्ने भन्दै राज्यले खेल क्षेत्रको विकासमा उल्लेख्य योगदान गर्न नसकेको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?