अनाथालयलाई जुडोको सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । किवानिज क्लब अफ एभरेस्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथालय सिर्जनशील बालगृहलाई सहयोग हस्तान्तरण गरिएको छ । अस्ट्रेलियामा बस्दै आउनुभएका जुडो खेलाडी मोहन बमको पहलमा जुडोप्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट सिर्जनशीललाई सहयोग हस्तान्तरण गरिएको हो ।

अनाथालयमा आश्रित बालबालिकाका लागि ४५ हजार रुपैयाँको खाद्यान्न, त्यहाँ प्रशिक्षणरत जुडो खेलाडीका लागि ४२ हजार पाँच सयको सहयोगी सामग्री र त्यहाँका जुडो प्रशिक्षक उत्तमप्रताप राणाको पारिश्रमिकबापत ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । सिर्जनशीलको भाडाबापत ६० हजार रुपैयाँ पनि हस्तान्तरण गरियो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का अध्यक्ष अनिल थापा, किवानिजका डिस्ट्रिक्ट प्रमुख सल्लाहकार दामोदर दाहाललगायतले सिर्जनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई एक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरेको थियो । विगतमा पनि लाउरेन्टले सिर्जनशीललाई सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष थापाले संस्थाको स्थायी भवनका लागि नगरपालिकाभित्र सरकारी जग्गा भोगचलनका लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन लाउरेन्ट डि ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?