केन्याद्वारा नेपाललाई क्रिकेट सिरिज खेल्ने प्रस्ताव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने प्रस्ताव अघि सारेको छ । केन्याको पुरुष राष्ट्रिय क्रिकेट टोलीले नेपाललाई सिरिज खेल्न प्रस्ताव गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) का जनरल म्यानेजर वृत्तान्त खनालका अनुसार केन्याले अगस्ट चौथो साता नेपालमा सिरिज खेल्ने प्रस्ताव गरेको हो ।

‘केन्याले नेपाललाई सिरिज खेल्ने प्रस्ताव गरेको छ । तर, जुन समयमा उहाँहरूले प्रस्ताव गर्नुभएको छ, त्यो समयमा नेपालमा मध्यवर्षा हुने भएकाले क्रिकेट हुँदैन । तैपनि उपयुक्त समयबारे छलफल भइरहेको छ । केन्याबाहेकका देशसँग पनि हामी छलफलमा छौँ । हाम्रो तालिका पनि खाली छ,’ खनालले हिमालय टाइम्ससँग भन्नुभयो, ‘हाम्रा लागि हाई पर्फमेन्सको अवसर पनि हो । यो विषयमा बोर्ड सकारात्मक छ । हामी केन्या जान्छौँ होला । अगस्ट चौथो साताको प्रस्ताव गरेका छौँ । सायद हामीले खेल्छौँ होला । तर, आर्थिक विषयमा छलफल गर्नुपर्छ ।’

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसीय विश्वकप छनोटको प्रक्रियाका लागि खेलेका छन् । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङकङ, इटाली, बर्मुडा, जर्सी र युगान्डा छन् ।

च्यालेन्ज लिगको शीर्षस्थानमा रहने टोलीले विश्वकप ग्लोबल छनोटमा पुग्ने प्लेअफ खेल्नुपर्ने हुन्छ । यता नेपाल भने लिग-२ को शीर्ष पाँच स्थानमा रहेमा सोझै विश्वकप ग्लोबल छनोट खेल्नेछ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?