यस्तो छ तपाईंको श्रावण १६ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण १६ गते सोमबार, ई.सं.-१ अगष्ट जुलाई, २०२२ । तिथि- श्रावण शुक्लपक्ष चतुर्थी, नक्षत्र- पूर्वफाल्गुनी, १५ः०० बजे उप्रान्त पूर्वफाल्गुनी, योग- परिघ, करण- वणिज, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः२७, सूर्यास्तः १८ः५१ ।

मेष : गुरुजनको प्रेरणाले हौसला रञ उपलब्धि प्राप्त हुनेछ ।

वृष : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

मिथुन : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

कर्कट : परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

सिंह : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

तुला : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

वृश्चिक : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

धनु : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।

मकर : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

कुम्भ : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

मीन : लामो दूरीको यात्रामा समस्या हुने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?