-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा एक वडा अध्यक्षले अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएको खुलासा भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ का वडा अध्यक्ष सन्दीप थापा ‘ईन्द्र’ले अवैध सम्बन्धबाट ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवतीलाई गर्भवती बनाएको खुलासा भएको हो ।
अध्यक्षले ती युवतीलाई गर्भवती बनाई बागलुङ बजारको एक घरमा राखेको पाइएको छ । थापाको घरमा एक श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । अवैध सम्बन्धबाट युवतीलाई गर्भवती बनाएपछि उनलाई बाहिर हिँडडुल गर्नसमेत नदिने गरेको युवतीकी आमाले हिमालय टाइम्ससँग गुनासो गर्नुभयो ।
नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष जितेका थापाले आफू अविवाहित रहेको भनी ढाँटेर ती युवतीसँग शारीरिक सम्बन्ध गाँसेकोे माइती पक्षको दाबी छ । युवतीलाई पटक–पटक गर्भपतन गराएको र तेस्रो पटक गर्भपतन गराउँदा स्वास्थ्यमा जटिल समस्या आउने डाक्टरले बताएपछि गर्भपतन नगरेको बुझिएको छ ।
अस्पतालले ती युवती सुत्केरी हुने समय भदौको पहिलो हप्तालाई तोकेको पाइएको छ । यस विषयमा वडा अध्यक्ष थापाले घटनालाई स्वीकार गरेका छन् । वडा अध्यक्ष थापा वडा मेलमिलाप समितिका संयोजकसमेत हुन् । वडा मेलमिलाप समितिको संयोजकले नै अनैतिकि गतिविधि गर्दै हिँडेपछि वडाबासीले न्याय पाउने आशा मारेका छन् ।
नेपालमा कानुनतः लिभिङ टुगेदरलाई मान्यता दिईएको छैन भने यस्तो कार्यलाई अपराधको रुपमा हेरिन्छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो गम्भीर अनैतिक कार्य गर्नु अक्षम्म अपराध भएको महिला अधिकारकर्मीहरूको बुझाई छ । मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईवटा श्रीमती राख्न पाईदैन । दोस्रो विवाह गर्नको लागि पनि पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको हुनु पर्ने उल्लेख छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका