✍️ अनुराधा थापा
तिमी कर्मवीर हौ सिपाही देशका सगरमाथाको शिर सरी
तिमी धर्मवीर हौ त्यो आकाशका ध्रुवतारा सरी
लिई अठोट अटल नहटाई कदम रत्तिभरि
राष्ट्रप्रेमको भावनाले अभिप्रेरित भएर
मातृभूमिको अखण्ड सार्वभौम सत्ताको खातिर
जहाँ जहाँ पुगे लडाइँका बखत आफ्नो विजयपछि
त्यहाँ त्यहाँ निर्माण गरे खुब मठ मन्दिर पाटी पौवा
धारा, इनार, कुवाका साथै सयौं बिघा गुठीको पनि गरे व्यवस्था
धार्मिक, सामाजिक, त्यागी, योगी, हुनुको साथै थिए लडाकु पनि
यसै सिलसिलामा सुदूरपश्चिममा द्वन्द्वका समयमा
काडामालिका भगवती जगाए अखण्ड ज्योति भाकल थियो
मातृभूमिलाई जोगाउन खातिर सीमा सुरक्षार्थ रहँदा
सोही ज्योति दुर्घटना भई यदि निभेमा सोही क्षेत्र डुल्लुका
ज्वालामाईबाट
ज्योति ल्याई पुनः जगाउने प्रथासहित
राखे गुठी सयौं बिघा जमिन पनि
केही समय पहिला केही कथित क्रान्तिकारीहरूले
पसी सो मन्दिर परिसरका
संरचनाहरू तोड्ने क्रममा उक्त ज्योति पनि निभाई
आफ्नो दिए कुचालको परिचय
स्थानीय जनतामा झन बढ्यो उक्त ज्योतिको महिमा
जगाए फेरि ल्याई ज्वालामाईको ज्योतिसमेत
बलिरहेछ आजसम्म अँध्यारोलाई भगाउँदै
जगमगाई मातामा समर्पण धर्तीमाताको काखमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच