संजय घिमिरेको ‘पात्रहरू’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पत्रकार सञ्जय घिमिरेको गैरआख्यान कृति ‘पात्रहरू’ लोकर्पण गरिएको छ । शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच कृतिको लोकार्पण गरिएको हो ।

पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएका पूर्व हिमालय टाइम्सकर्मी पत्रकार घिमिरेको कृतिको उहाँकी आमा ७५ वर्षीया झलकमाया घिमिरे, १२ वर्षीया छोरी आर्या रावल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय विष्णु निष्ठुरी र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कृतिको लोकार्पण गर्नुभएको थियो ।

पुस्तक लोकार्पणपछि अतिथिहरू निष्ठुरी र झाले सञ्जयको व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो भने पत्रकार देवेन्द्र भट्टराईले सञ्जयसँगको सहकार्य स्मरण गर्नुभएको थियो । उहाँले २०५२ साल पुस १० गते हिमालय टाइम्समा जोडिएको र त्यसक्रममा भएका विभिन्न प्रसंग निकाल्नुभएको थियो ।

देवेन्द्रले निकालेका प्रसंग र सन्दर्भलाई निष्ठुरी, झा, हिमालय टाइम्सका पूर्व–सम्पादक गोविन्द लुइँटेल बाह्रखरी अनलाइनका सम्पादक प्रतीक प्रधानले पनि थप चर्चा गर्नुभएको थियो । ‘पात्रहरू’मार्फत सञ्जयले जीवनका भोगाइ, विभिन्न आयाम र घुम्तीहरूबारे व्याख्या गर्नुभएको छ ।

उहाँले यो पुस्तकमार्फत आफ्नो जन्मथलोदेखि पहिलो कर्मथलो काठमाडौं र अहिलेको कर्मथलो अमेरिकासम्म जोडिएका अनेक सन्दर्भलाई पुस्तकमा समेट्नुभएको छ । उक्त कृति सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?