घुम्तीको रचना वाचन कार्यक्रम सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । घुम्ती साहित्य समाजको ११६औं रचना वाचन कार्यक्रम कपनस्थित कपन बहुमुखी क्याम्पसमा सम्पन्न भयो । क्याम्पस व्यस्थापन समितिका अध्यक्ष कुमार ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रमममा श्रीओम श्रेष्ठ रोदन प्रमुख अतिथि रहनुभएको थियो भने डा.विदुर चालिसे, प्रभात दीक्षत, मित्रलाल पंज्ञानी तथा डा. शेखरकुमार श्रेष्ठ विशिष्ठ अतिथि रहनु भएको थियो ।

उक्त कार्यक्रममा ममता मृदुल, विनोद दाहाल वत्स, ढुण्डिराज मरासिनी, रामचन्द्र दाहाल, सुशील आचार्य, बालचन्द्र श्रेष्ठ, घनश्याम प्रसाईं, डोरबहादुर केसी, त्रिलोचन आचार्यत, कनद महर्षिलगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा एलपी पराजुली, विदुर चालिसे, तेजकुमारी लामिछाने, प्रभात दीक्षित रामकुमार पण्डित क्षेत्रीलगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्यकार रामकुमार पण्डित क्षेत्रीको ‘देशको चित्र’ शीर्षकको लघुकथा संग्रहको लोकार्पण पनि गरिएको थियो । उक्त पुस्तकमाथि डा.शेखरकुमार श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?