चितवन । वर्षाका कारण लेदोसहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ ।
सोमबार बिहान चार बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण दुईतर्फी रूपमा नै बाटो बन्द भएको हो ।
बाटो अवरूद्ध भएको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नौकिलोबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
टोलीले भरतपुरको सडक डिभिजन कार्यालयसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच