प्रधानमन्त्रीको कार्ड प्रयोगमा नेताहरू

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

अब संघीय संसद तथा प्रदेशको निर्वाचन नजिकिँदै छ । अबको साढे तीन महिनामा संघीय संसद तथा प्रदेशको निर्वाचन हुने पक्का छ । विभिन्न पार्टीका नेताहरूमा अब आफू कसरी विजयी बन्ने भन्नेबारे अहिलेदेखि नै एक प्रकारको छट्पटी सुरु भइसकेको छ । यो अस्वाभाविक होइन । किसानले आफ्नो फसल कसरी वृद्धि गर्ने भने जस्तै राजनीति गर्नेहरूले आफ्नो राजनीतिक भविष्यका बारेमा सोच्नुलाई अन्यथा मान्नु हुँदैन । आफ्नो विजयको सुनिश्चितका लागि उनीहरूले योजना बनाउनु, जनमत तयार गर्नु विभिन्न प्रकारका नाराहरू बनाएर प्रचार गर्नु, कानुनले दिएका हकअधिकारको प्रयोग गरेर प्रचारप्रसारका विभिन्न उपाय अवलम्बन गर्नु स्वाभाविकै हो ।

यही क्रममा केही राजनीतिज्ञहरू आफू भविष्यको प्रधानमन्त्रीको दावेदार हुँ भनेर आफ्ना क्षेत्रका मतदातालाई आकर्षित गर्ने काम गरिरहनु भएको छ । यसमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पहिलो र हालसम्मको अन्तिम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पर्नुभएको छ । नेपाली कांग्रेसका महामन्त्री थापाले अरू नेताहरू भन्दा पहिलेदेखि नै अलिक भिन्न विचार संप्रेषित गर्दै आउनुभएको छ । आफू ५६ वर्षको उमेरदेखि राजनीति नगर्ने र हालका वयोवृद्ध नेताहरू जसरी पदमा लिप्त नबन्ने उहाँको धारणा बेलाबेलामा सार्वजनिक बन्दै आएको छ । राजनीतिबाट सन्यास लिने उक्त समयभन्दा पहिले नै प्रधानमन्त्री बन्ने आफ्नो चाहना उहाँले आफ्ना मतदातासामु प्रकट गर्नुभएको छ ।

यसबाट एक पटक नेपालको राजनीति तरंगित बन्नपुग्यो र उहाँको यो विचारले अरू नेताहरूलाई पनि आकर्षित ग¥यो । गगन थापाको यस विचारको नेपाली कांग्रेसका अर्का लोकप्रिय नेता तथा महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन गर्नुभएबाट विजय भएर कांग्रेसको बहुमत आएको खण्डमा उहाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित जस्तै हुन्छ । नेकाको बहुमत नआएका खण्डमा अरूसँग मिलेर सरकार बनाउनु परे पनि उहाँको यो दाबी अनुपयुक्त बन्दैन । दुई युवा नेता गगन र विश्वप्रकाशको यो धारणाले आकर्षित भएका नेपाली कांग्रेसकै अर्का वष्ठि नेता डा.शेखर कोइरालाले पनि गगनको यही फर्मुला प्रयोग गर्नुभयो र आफू प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गर्नुभयो ।

हालै खुलेका पार्टीहरूका युवा नेताहरू कोही आफैँ यस्तो घोषणा गरिरहनु भएको छ भने कोहीलाई उनीहरूका समर्थकले भावी प्रधानमन्त्रीका रूपमा चर्चामा ल्याउने प्रयास गरिरहेका छन् । सबैभन्दा पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यही सूत्रको प्रयोग गर्नुभएको छ । हालै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँहरूको भाषा फरक छ तर दाबी वा भावना भने एउटै छ । गगन थापाले स्पष्ट शब्दमा म प्रधानमन्त्रीको दावेदार हुँ भन्नुभएको छ भने प्रचण्डले ‘अब अन्तिम पटक प्रधानमन्त्री बनेर सम्झनयोग्य काम गर्ने मन छ’ भन्नुभएको छ । प्रधानमन्त्री नबनेका तर बन्न उत्प्रेतिर भावना भएकाको प्रधानमन्त्री बन्ने लक्ष्य हुनु अस्वाभाविक होइन ।

प्रचण्ड प्रधानमन्त्री बनिसक्नु भएको छ । त्यसैले उहाँको प्रधानमन्त्रित्व काल हेरिसकिएको छ भनेर जनतले भन्लान् भनेर उहाँले पनि मीठो भाषामा त्यसो भन्नुभएको हो । देशले कुनै अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दैन जो बनोस् त्यो नेपालकै नागरिक बन्ने हो तर त्यस्तो व्यक्ति योग्य, सक्षम र निष्पक्ष निष्कलंक भने हुनैपर्छ । विवादमा आएको र भ्रष्टाचरित्रको नेतालाई भने जनताले स्वीकार गर्नु हुँदैन । त्यसतर्फ भने सबैको ध्यानाकर्षण हुनै पर्छ । माओवादी सशस्त्र विद्रोहको बाटोबाट नेपालको राजनीतिको मूलधारमा आउनुभएका प्रचण्डपछि माओवादी पार्टी फुटेर विभिन्न समूहमा विभाजित बन्दा पनि मूल पार्टीको नेतृत्वमा रहिरहनु भएको छ ।

पहिलो पटक संविधानसभाको निर्वाचनमा उहाँको पार्टी देशको पहिलो पार्टी बन्नपुगेको थियो तर संविधानसभाको दोस्रो निर्वाचनमा माओवादी पार्टी तेस्रो पार्टी बन्नपुग्यो । अबको निर्वाचनमा पनि माओवादी वा प्रचण्डको अपेक्षा पहिलो पार्टी बन्ने छैन, उहाँ दोस्रो पार्टी बन्छौँ भनिरहनु भएको छ । निर्वाचनमा गठबन्धन गरेरै जाने भनिरहनु भएको छ । यस्तो अवस्थामा उहाँको प्रधानमन्त्रीको दाबी पूरा हुन अरूसँग गठबन्धन त गर्नैपर्छ । त्यो भनेको नेपाली कांग्रेसकै साथ सहयोगबाट मात्र सम्भव हुने हो । नेपाली कांग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो पार्टी बनेपछि प्रधानमन्त्रीको दाबी त कांग्रसकै हुने हो । त्यसैले कि पालोफेरोमा कि गठबन्धनबाट सर्वसम्मति कायम गरेर मात्र उहाँ प्रधानमन्त्री बन्न सक्नुहोला । दाबी गर्नुलाई भने अहिले नै अन्यथा भन्नु उचित नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?