ट्रकको ठक्करबाट २७ वर्षीय युवाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

-डम्मर बुढा मगर

बागलुङ । पोखरामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर-२५ हेम्जामा आइतबार साँझ भएको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर-४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो ।

ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा अचानक आगलागी भएको थियो । आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लागिएकोमा चिकित्सकले मृत घोषणा गरेको तिवारीको भनाई छ ।

दुर्घटनामा ट्रकधनी ४१ वर्षीय क्षेत्रबहादुर कुँवर आगो निभाउने क्रममा जलेर घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

ट्रक चालक पोखरा महानगरपालिका वडा नम्बर २५ लाम्पाटाका २४ वर्षका किरण बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?