आर्थिक वर्ष २०७८/७९मा ५ अर्बको आईपीओ बजारमा

Read Time = 1 min

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् ।

नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आईपीओ जारी गरेको थियो ।

आईपीओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् ।

त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ ।

आईपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?