चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै

Read Time = 3 mins

काठमाण्डौं । गोर्खा सैनिकको जीवनकथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ । ग्रयान्ड मास्टर राजकुमार राई अभिनीत उक्त चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४ र २५ मा क्यानडा र नोभेम्बर १८ (मंसिर २ गते) नेपालमा प्रदर्शन हुन लागेको अभिनेता ग्रयान्ड मास्टर राजकुमार राईले जानकारी दिएका छन् ।

चलचित्रमा पूर्वगोर्खा सैनिक राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् । त्यस्तै चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बुको अभिनय रहेको छ । चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्मातामा, विजय एल राई साथै निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई प्रस्तुतकर्ता रहेकोे फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । फिल्ममा छायांकन दिर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराती, संगीत सन्तोष दुमी र आनन्द राईको रहेको छ ।

ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जानकारी दिए । ग्रयान्ड मास्टर राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी हुन् । उनी ७औं डिग्री तेक्वान्दो ब्लाकबेल्ट हुन् । १९८४ सालबाट नै अन्तर्राष्ट्रिय च्याम्पियनसीप जित्न सफल भएका उनले नेपाल र हङकङको प्रतिनिधित्व गरेर धेरै पदक पनि हासिल गरिसकेका छन ।

ग्रयान्ड मास्टर राई खेलकुदबाहेक चलचित्र ‘द कमान्डो’मा मुख्य पात्रको भूमिका निभाइसकेकाछन् । राई ऐमेच्योर बडीबिल्डर पनि हुन् । धर्मश्री नेपाल बडिबिल्डिङ च्याम्पियनसीप १९९९ मा रजत पदक हासिल गरिसकेका राईलाई खेल क्षेत्रमा पुर्‍याएको निरन्तर योगदानलाई देखेर नेपाल सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको छ ।

https://www.youtube.com/watch?v=hK0-h6esePA

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?