प्रश्तावित संघीय ऐनबिरुद्ध नायब सुब्बाहरु आन्दोलित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । सरकारकाले संघीय निजामति ऐनमा नायब सुब्बाका मागहरु सम्बोधन नगरेको भन्दै नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् ।

सोमवार सिंहदरबार सामान्य प्रशासन मन्त्रालय अगाडि नायब सुब्बा बचाउ अभियानसहित सबै सरकारी विभिन्न निकायका सम्पूर्ण नायब सुब्बाहरुले आन्दोलन शुरु गरेका हुन् । नायब सुब्बामा १० वर्ष काम गरेको नायब सुब्बालाई एक तह र १० वर्ष भन्दा माथि काम गर्नेलाई दुई तह बढुवा गर्ने व्यवस्था संघीय निजामति ऐनमा राख्नुपर्ने उनीहरुको माग रहेको छ ।

नायब सुब्बाहरुले आफ्ना मागहरु सम्बोधन नभएसम्म देशभरका २० हजार नायब सुब्बाहरुले देशभर सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यस्तै, नायब सुब्बाको मागलाई समेटेर तत्काल संघीय निजामति ऐन जारी गर्न समेत उनिहरुले माग गरेका छन् ।

नायब सुब्बा बचाउ अभियन्ता नायब सुब्बा उत्तम कटुवालले प्रश्तावित संघीय निजामति ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नगर्दा अन्यायमा परेको बताउनु भयो । उहाँले नायब सुब्बाको लागि ३० प्रतिशत ज्येष्ठता, १० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तरसेवाको व्यवस्था हुनुपर्ने माग गरेपनि सरकारले माग सुनुवाई नगरेको गुनासो गर्नुभयो ।

नायब सुब्बाले राज्य सञ्चालनमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रश्तावित संघीय निजामति ऐनमा माग सम्बोधन नभए देशभर वृहत आन्दोलन गर्ने कटुवालको भनाई छ ।

नायब सुब्बाहरुले प्रश्तावित संघीयन ऐनमा संघ, प्रदेश र स्थानीय तहमा एकरुपता कायम गर्न समयसीमा किटानका साथै सबै तहमा एउटै मितिबाट लागू हुनेगरी प्रत्येक ५ वर्षमा एक तह वृद्धि हुनेगरी तहगत व्यवस्था राख्नुपर्ने माग रहेको छ ।

राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुला,४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिष्पर्धाको व्यवस्था हुनुपर्ने माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?