एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको संसदीय समिति बैठकमा परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित

Read Time = 2 mins

काठमाडौं । संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति’ ले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्रमन्त्री नारायण खड्का र, परराष्ट्र मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरू, रक्षा मन्त्रालयका सचिवलाई बोलाएको थियो ।

सोमबार मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा सांसदहरु उपस्थित भएका थिए । तर सभापति निरादेवी जैरुले परराष्ट्रमन्त्री खड्का अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराउनु भयो ।

‘परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई दस्तावेजसहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले विशेष काम परेको भनी उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचिवले पनि परराष्ट्रमन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो,’ सभापति जैरुले भन्नुभयो ।

परराष्ट्रमन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि समिति बैठक मूल विषय छाडेर विविधअन्तर्गत संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ? भन्नेमा केन्द्रित भएको छ । समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्रमन्त्री खड्काको समय लिएर अर्को बैठक राखिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?