काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव वीभत्स अवस्थामा भेटियो, हत्याको आशंका

सांकेतिक तस्बिर

Read Time = 1 min

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव वीभत्स अवस्थामा भेटिएको छ ।

तारकेश्वर नगरपालिका २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार मृतकहरूमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे छन् ।
प्रहरीले परिवारकै कोही सदस्यबाट हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरेको छ ।

अहिले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?