धादिङ अस्पतालको शव वाहनमा चालक नहुँदा समस्या

Read Time = 5 mins

-बाबुराम श्रेष्ठ
धादिङ । धादिङ अस्पतालमा रहेको शव वाहनमा चालक नहुँदा समस्या उत्पन्न भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पताल धादिङ अस्पतालमा रहेको शव वाहनमा लामो समय देखि चालक नहुँदा अहिले समस्या उत्पन्न भएको हो ।

अस्पतालमा मात्र होइन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा शव बोक्न अन्य सवारी साधनहरुले नमानेपछि अहिले धादिङका नागरिकलाई समस्या भएकोे छ ।

शव वाहनमा चालक नहुँदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा समेत ट्याक्टरमा बोक्ने गरेका छन् । स्थानीय तहले महँगो मूल्यमा आफ्नो सुविधाका लागि सवारी साधन खरिद गरे पनि नागरिकलाई दुःख पर्दा चाहिने शव वाहनमा चालक नहुँदा निकै समस्या हुने गरेको छ ।

धादिङ अस्पताल धादिङले २०७९ जेठ २१ गते प्रदेश सरकारबाट प्राप्त भएको शव बाहन सञ्चालनको लागि हलुका सवारी चालक पदमा करार सेवा मार्फत पदपूर्ति गर्न भनी एक जना चालक मागेका थिए । सो सूचनाका आधारमा करिब ८ जना चालकहरुले आवेदन समेत दिएका छन् । अस्पतालले ८ जनाको आवेदन फारम लिएर राखेको करिब दुई महिना हुँदा समेत कुनै प्रक्रिया अगाडि बढाएको छैन् । कानुनी प्रक्रिया अनुसार जाने हो भने सूचना निकालेको एक हप्ता भित्र सम्पूर्ण प्रक्रिया पुरा गरी सक्नु पर्नेछ । तर धादिङ अस्पताल प्रशासनको आन्तरिक समस्याका कारण उक्त आवेदनको प्रक्रिया अझै सम्म पुरा गर्न नसक्नु अस्पताल प्रशासन शंकाको घेरामा परेको छ ।

जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने र बोक्ने सवारी साधनले भने चर्को मूल्य लिने गरेका छन् । दुई नगरपालिका सहित ११ वटा स्थानीय तह रहेका छन् । असपताल प्रशासन भित्रै कुरा नमिल्दा अहिले चालक राख्ने विषयमा कुनै अत्तोपत्तो छैन् । योग्यता र क्षमता भन्दा आफू निकट व्यक्तिलाई नियुत्ती गर्नु पर्ने एक किसिमका बातावरण सिर्जना खडा भएको गोप्पे सूचना प्राप्त भएको छ । सोही सूचनालाई निगरानी गर्दै अस्पतालमा किन राजनीतिक बखडा सुरु भएको भन्ने प्रश्न सोध्दा जिम्मेवारी व्यक्तिहरुले एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउँदै पन्छिएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला समक्ष बुज्न खोज्दा उहाँको मोवाइल नै अफ गरी बसेका छन् । अस्पतालका सूचना अधिकारी विक्रम विकको भनाइ अनुसार अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकबाट पदपूर्ति समिति गठन हुन्छ । सो समितिमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नै पदपूर्ति समिति हुन्छ , मेसु सदस्य सचिव, प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी, कोष नियन्त्रण कार्यालयका प्रमख लगायत ७ सदस्यीय समिति रहन्छ । त्यो समिति अन्तर्गत आवेदन परेका व्यक्तिहरुको लिखित परीक्षा र अन्तवार्ता कहिले लिने भन्ने विषयमा उहाँहरुले नै निर्णय गर्छन् । यसमा मेरो केहि लाग्दैन् ।
धादिङ अस्पतालका एम्बुलेन्स चालक रुपेश लम्साल भन्नु हुन्छ:

धादिङ अस्पतालको एम्बुलेन्स मैले चलाउँछु । फुर्सद भएको खण्डमा शब बाहन पनि चलाउने गरेको छु । आज विरामीले लिएर काठमाडौैं आएको छु । मैले कुन कुन काम गर्ने, अस्पताललले दुई महिना अगाडि देखि चालक राख्ने विषयमा सूचना निकालेको छ । त्यसमा अहिले सम्म राख्न सकेको छैन् त्यसमा मेरो के गल्ती । अस्पतालको आन्तरिक समस्याले अरुलाई समस्या बनाउन हुँदैन् नि ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?