सेनाको हेलिकोप्टरबाट सुत्केरी महिलालाई उद्धार

Read Time = 2 mins

-विजय रावत

जुम्ला । मुगु जिल्ला कार्मारोङ गाउँपालिका – ३ पाखा की २८ वर्षीया मिन्दिक लामालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक राजिव शाहका अनुसार चार दिन अघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । यस्तो अवस्थामा तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरो सम्वन्धी प्रतिष्ठानमा शल्यशिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको प्रतिष्ठानका निर्देशक शाहले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत लामालाई थप उपचारका लागी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताउनुभयो । प्रतिष्ठान स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उद्धार गर्नु यो पहिलो हो ।

यसअघि उद्धार गर्नु परेको थिएन । जटिल केश भएका कारण उद्धार गर्नुपर्ने अवस्था आएको नन्दावक्स गण जुम्लाका गणपति रविन थापाले जानकारी दिनुभयो ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?