सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : एमाले महासचिव पोखरेल

फाइल तस्वीर

Read Time = 1 min

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाउनु भएको छ ।

एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाउनु भयो ।

नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उहाँको भनाइ छ ।

अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उहाँले बताउनु भयो।

मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको बताएका महासचिव पोखरेलले सबै आर्थिक सूचक नकारात्मक रहेका जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?