सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखियो : अध्यक्ष ओली

Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताउनु भएको छ । डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो बताउनु भएको हो। राष्ट्रहित अनुकुल हुँदै यी साधन स्रोतको प्रयोग गर्नु पर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सत्ताहितको लागि राष्ट्रहितलाई तिलाञ्जली दिने प्रवृत्ति देखिएको बताउनु भयो । उहाँले कार्यक्रममा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले राष्ट्रहितमा देखाएको र चालेको कदमको प्रशंसा पनि गर्नुभयो । यस्तो गलत प्रवृत्तिको सधै विरुद्धमा रहनु पर्ने बताउनु भयो। कार्यक्रममा उहाँले पुस्तकले नेपालको जलस्रोतलाई उर्जासँग मात्रै नजोडेर विश्वभर खानेपानी आपुर्तिको रुपमा पनि व्याख्या हुनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?