काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कमजोरी रहेको स्वीकार गर्नुभएको छ । महाकाली सन्धि संसदले अनुमोदन गरेको साढे दुई दशकपछि ओलीले त्यसलाई स्वीकार गर्नुभएको हो ।
सोमबार काठमाडौंमा पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका ओलीले सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका ओलीले महाकालीको पानी दुवै देशको आधा आधा हो भन्ने विषयलाई सन्धिले स्थापित गरेको बताउनु भयो।
तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको ओलीले बताउनु भयाे ।
'त्यस समयमा केही केही चर्चामा नरहेको विषय पनि रहेछ । धेरै पहिलेदेखि तल्लो शारदा नहर पनि चलेको रहेछ । त्यस समयमा चर्चा भएन । त्यसले गर्दा पानी खपतको बाँडफाँडको विषयमा प्रसस्त छलफल हुन पाएन । कतिपय ल्याप्सेस (कमजोरी) रहे, उहाँले भन्नुभयाे ।
महाकाली सन्धि अनुमोदन भने आवश्यक रहेको उहाँको दाबी थियो । महाकाली सन्धिले गर्दा तत्कालीन समयमा नेकपा एमालेमा विवाद चर्किएको थियो । उक्त विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजित भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका