भोर्लेबाट धादिङ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा १८ जना घाइते

Read Time = 2 mins

-बाबुराम श्रेष्ठ
धादिङ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा धादिङका ११ जना सहित १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो भरतपुर–२९, स्थित भोर्लेबाट धादिङ तर्फ आउँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल त्रिशुली नदीमा खस्दा १८ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा धादिङका टिकाराम श्रेष्ठ, प्रमिला भट्ट, सरोज खतिवडा, दीपा रेग्मी, सुजन आचार्य, सावित्री सापकोटा, स्वस्तिका आचार्य, मनोज भण्डारी, प्रकाश अधिकारी,।सनिशा अधिकारी र रोजिना श्रेष्ठ रहेको छन् ।

यस्तै नुवाकोटका जीवन कुमार, उपेन्द्र भण्डारी, सुवास नेपाल, सरोज मोक्तान (मकवानपुर), विकास संजेल (ललितपुर), धर्मबहादुर खड्का (दोलखा) र अन्जेल कुमाल (भरतपुर) का रहेका छन् ।

घाइतेहरुकोे चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?