नेपालको पहिलो खेल भुटानसँग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्काे महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेलतालिका सार्वजनिक गरेको हो ।

महिला साफ च्याम्पियनसिप भदौ २१ गतेदेखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सार्वजनिक खेलतालिकाअनुसार उद्घाटन खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । खेल भदौ २१ गते साँझ ५ः३० बजे हुनेछ । दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

दोस्रो दिन समूह ‘बी’ का दुई खेल हुनेछन् । तेस्रो दिन श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । चौथो दिन समूह ‘ए’ का दुई खेल नै हुनेछन् । पाँचौँ दिन नेपाल र श्रीलंकाबीच खेल हुनेछ । छैटौँ दिन समूह ‘ए’ का अन्तिम खेलहरू हुनेछन् ।

भदौ ३१ गते सेमिफाइनलका दुई खेल हुनेछन् । त्यसपछि असोज ३ गते फाइनल हुनेछ । सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?