अमेरिकी अभिनेत्री निचेल निकोल्सको निधन

Read Time = 1 min

न्यूयोर्क । अमेरिकी अभिनेत्री निचेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ । निचेलको मृत्यु भएको उहाँको छोरा काइल जोनसनले पुष्टि गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफ्नो आमाको निधन भएको जानकारी गराउनुभएको हो ।

निचेललाई सन् १९६० मा टेलिभिजन शृंखलामा लेफ्टिनेन्ट उहुराको रूपमा काष्ट गरिएको थियो, जसलाई एक सक्षम र उच्चस्तरको सञ्चार अधिकारीको रूपमा चित्रित गरिएको थियो ।

उहाँले एक अभिनेत्रीको रूपमा काम गर्नुका साथै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि राजदूत पनि भएर काम पनि गर्नुभयो जसले महिला र अल्पसंख्यकहरूलाई अन्तरिक्ष कार्यक्रममा सहभागी हुन मद्धत गर्‍यो । उहाँको मृत्युपश्चात् धेरै कलाकारहरूले सामाजिक सञ्जालमार्फत उहाँलाई सम्झिरहेका र शोक व्यक्त गरिरहेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?