यांगुन । म्यानमारमा संकटकाल थप छ महिना लम्बिएको छ । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । काउन्सिलले म्यानमारमा हाल जारी रहेको संकटकालीन अवस्था अरू छ महिना थपिएको जानकारी दिएको हो ।
सो काउन्सिलले यहाँ आमंनिर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरू छ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधान अनुसार यहाँ संटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्दछ ।
यहाँका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको फेब्रवरी १ मा एक वर्षका लागि संकटकाल घोषणा गर्नुभएको थियो । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले संकटकाल लम्ब्याएको थियो ।
म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आमनिर्वाचन गर्ने तयारी थालेको जनाएको छ । रासस÷सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच