काठमाडौं । साहित्यकार तथा गजलकार हरि उप्रेतिलाई ‘नेशनल आर्टिष्ट साहित्य सम्मान डायस्पोरा’ले सम्मानित गरिएको छ । साहित्य सरोवर मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको नेशनल आर्टिष्ट अवार्ड समारोह साहित्यकार तथा गजलकार हरि उप्रेतीलाई उक्त सम्मान अर्पण गरिएको हो ।
समारोहमा मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरूलाई अवार्ड प्रदान गरिएको थियो । सो समारोहमा ४० जना विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका