काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा आउँदै गरेको यसबर्षको हरितालिका तीजलाई लक्षित गर्दै गायक यज्ञ विकले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । ‘भाले मादल’ बोलको गीतमा यज्ञसँगै शान्तिश्री परियारको स्वर रहेको छ ।
गीतमा राजु सुनामको शब्द तथा संगीत छ । गीतको भिडियोमा कलाकार विजय पुन र समीक्षा भुजेलको अभिनय छ भने मौसम हिमालीले निर्देशन गर्नुभएको छ । नवराज उप्रेतीले खिच्नुभएको भिडियो प्रवीन भट्टले सम्पादन गर्नुभएको हो ।
गायक यज्ञले २६ जुलाईमा ‘वीरबल बुढाथोकी’ युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । गीत सार्वजनिक गरिएको छोटो समयमै दर्शक तथा स्रोताबाट आएको प्रतिक्रियाबाट आफू खुशी रहेको गायक यज्ञ बताउनुहुन्छ । ‘तीज लक्षित गीत निकै धेरै आइरहेका छन् । त्यो भिडमा मेरो गीत पनि आएको छ । तर जतिले हेर्नुभएको छ, उहाँहरूबाट आएको प्रतिक्रियाले खुशी दिएको छ’, गायक यज्ञले हिमालय टाइम्ससँग भन्नुभयो, ‘तीजमा मौलिकतालाई विशेष ध्यान दिनुपर्छ । त्यसैले यो गीतमा मौलिकता मर्न दिएको छैन ।’
उहाँले पछिल्लो समय नेपाली गीतसंगीतको बजार डिजिटलमय भएकाले त्यो विषयलाई पनि ध्यान दिँदै युट्युबमार्फत नै गीत सार्वजनिक गरेको बताउनुभयो । यज्ञ भन्नुहुन्छ, ‘अहिले नेपालमा जति पनि गीतका भिडियो बन्छन् युट्युब केन्द्रित छन् । अधिकांश नेपाली कलाकारहरू युट्युबबाट आउने रोयल्टिकै भरमा छन् । पछिल्लो समय अडियोका अन्य प्लेटफर्ममा गीत राख्न थालिएको छ । त्यो खुशीको कुरा पनि हो ।’
साथै गायक यज्ञले कतिपय तीज गीत भन्दै मौलिकता भुलेर आइरहेका गीतहरूले कला संस्कृति बिगार्ने प्रयास गरेको भन्दै सबै सर्जकलाई त्यस्ता कुराहरूमा ध्यान दिन आग्रह गर्नुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका