‘आइसी डिजाइनर रनवे ११’ फेसन शो २० अगष्टमा हुने

Read Time = 2 mins

काठमाडौं । ‘आइसी डिजाइनर रनवे ११’ नामक फेसन शो २० अगष्ट (४ भदौ) मा आयोजना हुने भएको छ । भारतबाट ६ अन्तर्राष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्‍याम्प नाप्नेछन् । आइसी कलेजले आयोजनामा हुन लागेको फेसन शोका म्यानेजमेन्ट नेक्स्ट मोडल्स नेपालले गर्दैछ । नेक्ष्ट मोडल्स नेपालले शोका लागि अडिशनबाछट केही अगाडि २४ मोडल छनौट गरेको हो ।

होटल याक एण्ड यतिमा आयोजना हुने शोमा आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत हुनेछ । फेसन डिजाइनर नै आइसी कलेजका १९औं ब्याजका पास आउट विद्यार्थी छन् । धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतभन्दा झन् उत्कृष्ट र भव्य बनाउने तयारी भइरहेको म्यानेजमेन्ट जिम्मेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताउनुभयो ।

‘आइसी डिजाइनर रनवे’ को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उहाँहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताउनुभयो । फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमरसमेत नेपाल आउने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?