नर्भिकमा अत्याधुनिक लेजर मेसिन

Read Time = 2 mins

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीको डर्मा क्लियर मेसिन (लेजर मेसिन) भित्र्याएको छ । सोमबार अस्पतालको नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक कार्यक्रमबीच इजरायलस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेसिन अनावरण गरिएको छ । सप्लायर्स कम्पनीका तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेसनल हस्पिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्तरूपमा लेजर मेसिनको अनावरण गर्नुभएको थियो ।

हस्पिटलका अनुसार उक्त एउटै मेसिनबाट तीनवटा विशिष्ट उपचार गर्न सकिन्छ । मेसिनको माध्यमबाट छाला भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिका राम्रोसँग बाहिर निकाल्न सकिन्छ । मेसिनमा जडित पावर सेक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ । डर्मा क्लियर मेसिन उच्च गुणस्तर, जोखिममुक्त र पूर्ण छाला हेरचाह तथा उपचारका लागि विश्वमा बढ्दो माग पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको मेसिन भएको कम्पनीको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?