प्राइम धनवृद्धि मुद्दती खाता

Read Time = 2 mins

काठमाडौं । प्राइम कमर्सियल बैंकले प्राइम धनवृद्धि मुद्दती खाता, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ । प्राइम धनवृद्धि मुद्दती खाता नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताका लागि रहेको बैंकले जनाएको छ ।

उल्लेखित मुद्दती खातामा जम्मा गरेको रकम २१ वर्ष सात महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना सात दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष छ महिना तीन दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी पाइने बैंकले जनाएको छ ।

प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताले १८ घातक रोगका विरुद्ध बिमा १० लाख, दुर्घटना बिमा १० लाख तथा स्वास्थ्य बिमा एक लाखसम्म प्राप्त गर्न सक्नेछन् भने आवश्यकताअनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?