नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स

Read Time = 2 mins

काठमाडौं । अ वउन्स ब्याक इयर ७९/८० भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्सले तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फ्रेन्स आयोजना गरेको छ । साउन १३ देखि १५ गतेसम्म चितवनको सौराहा सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत दुई सय ३० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।

सम्मेलन उद्घाटन गर्दै सञ्चालक विमलप्रसाद ढकालले कर्मचारीलाई आमनागरिकको आशा र विश्वास जितेर काम गर्न सुझाव दिनुभयो । कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कर्मचारीलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद दिनुका साथै चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले चालु आर्थिक वर्ष २०७९/०८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनुभएको थियो । सो अवसरमा २०७८/०७९ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न २१ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?