इमरान खानको इन्स्टाग्राम अकाउन्ट ह्याक

हिमालय टाइम्स
Read Time = 1 min

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम अकाउन्ट क्रिप्टो स्क्यामरले ह्याक गरेका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ प्रमुखसमेत रहेका खानको इन्स्टाग्राम अकाउन्ट मेटा–फेसबुक र इन्स्टाग्रामको मूल कम्पनीको सहयोगमा चाँडै रिकभर गरिएको पीटीआई सोसल मिडिया प्रमुख अर्सलान खालिदले बताए ।

ह्याक भएपछि इमरान खानको एकाउन्ट आफूले अनुगमन गरेको खालिदले बताए । उनका अनुसार ह्याकरहरूले उनका ७.४ मिलियन फलोअर्ससँग क्रिप्टोकरेन्सी लिंक सेयर गरेका थिए ।

ह्याकरहरूले टेस्लाका प्रमुख कार्यकारी एलोन मस्कको ट्वीटको स्क्रिनसट पनि सेयर गरेका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?