इक्वेडरको जेलमा भड्कियो हिंसा, १३ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

क्विटो । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच भएको झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ ।

झडपमा दुई जना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् । सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् । जेल हिंसा सन् २०२१ को फेव्रुवरीदेखि गोली चलेको छ । कारागारमा दुई परस्पर विरोधी गिरोहबीच भएका लडाइँमा ४ सयभन्दा बढी कैदी मारिएका छन् ।

गृहमन्त्री क्यारिलोले बेलाभिस्टा जेलमा भएको यो पछिल्लो डरलाग्दो झडपपछि १३ शव फेला पारिएको बताए । सेलभित्र खोजी गर्ने क्रममा थप शव फेला पर्न सक्ने उनले अनुमान गरेका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?