म्याग्दीमा पहिरोले पुरिदाँ दुईको मृत्यु, तीनजना बेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

म्याग्दी । अविरल बर्षाका कारण सोमबार राति आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ बर्षीय नविन विकको मृत्यु भएको छ । पहिरोमा परि अझै तीनजना अझै बेपत्ता रहेका छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीले दिनुभएको जानकारी अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उहाँको श्रीमती र सात वर्षीया छोरी बेपत्ता रहनुभएको छ । प्रहरी र स्थानियवासीको सहयोगमा उनीहरूको खोजी भइरहेको छ ।

प्रहरीका अनुसार स्थानीयबासीहरूले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?