केन्टुकी । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ ।
बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ ।
बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका