सञ्जालका सम्बन्धहरु

Read Time = 9 mins
  • विशाल चौलागाईं

नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको एकिन तथ्यांक नभएपनि युवापुस्ता सामाजिक संजालमा नजोडिएको कुरा अपबाद नै हुनेगर्छ । हरेक दिन हामी कुनै न कुनै सामाजिक सञ्जाल मै हुन्छौं । हाम्रो ब्यक्तिगत दिनचर्या पनि आजभोलि सामाजिक संजाल मै हुने गर्छ । बिचार, अभिव्यक्ति, तस्बिर संग्रह, ब्लग हुँदै हाल सामाजिक संजाल हाम्रो निम्ति सूचना तथा मनोरञ्जनको महत्त्वपूर्ण साधन बनिसकेको छ ।

दिनहुँ हामी सबैले प्रयोग गर्ने सामाजिक सञ्जाल फेसबुक, टुइटरसंगै भिडियो प्लेटफर्म युट्युब कयौंका लागि दिन काट्ने र मनोरञ्जनको साधन भैरहेको छ भने कतिले यसैलाई पेशा, आर्थिक आर्जनको माध्यम त कतिले समाजसेवाका लागि  उपयोग गर्दै आएका छन् ।

हामी जीवनमा थोरै परिश्रम धेरै आराम खोज्छौ। यो म जस्ता आम युवा पिडिको चाहना नै हो । यस चाहनाको उपज हामी जिवनका महत्वपूर्ण समय खेर फालिरहेका हुन्छौं । जीवनकै एनर्जेटिक समयलाई समेत शत्रुताको दृष्टिकोणले हेरिरहेका हुन्छौँ । अझ सामाजिक सञ्जाल चलाइरहेका र त्यस्मै बानी परेका हामीलाई सञ्जालले यस सोचलाई फराकिलो बनाइरहेको छ ।

म समाजिक सञ्जाल प्रयोगकर्ताको हिसाबले आफुलाई सक्रिय नै ठान्छु । सञ्जालकै माध्यमबाट धेरै नयाँ सम्बन्ध जन्मेका छन् र टुटेका पनि छन् । सम्बन्ध निर्माणको हिसाबले हेर्ने हो भने सम्बन्ध निर्माण गर्न सजिलो र सबैको पहुँच भएर नि होला जुगरबर्गको समाजिक सञ्जाल सबैभन्दा सजिलो माध्यम बनेको छ । यसमा बिस्तार हुने सम्बन्धको संग कहाँ कसरी बिकास हुन्छ यो संभवत कसैलाई पनि थाहा हुदैन मान्छेको सोच, बिचार, समय र परिस्थितिले सञ्जालमा सम्बन्ध बिकास हुन्छन र बिचार नमिल्दै जाँदा टुट्छन्। भर्चुअल यस समयमा सम्बन्धको मापन फेसबुकमा गरिएका संवाद रियाक्ट लाईक र कमेन्टमा टिकेको छ भन्दा गलत नहोला।

बर्तमान समयमा मान्छे कसो गर्दा आफ्नो हुन्छ ? कति बिचार साटासाट गर्दा नजिक र सम्बन्ध मजबुत हुन्छ ? कस्ता सम्बन्धलाई राम्रो र दिगो बनाउने भन्ने कुरा न त विचारले निर्देशित गर्छ न मनले नै । सञ्जालका सम्बन्धहरु कुनै सम्बन्ध दैनिक घण्टौँ र बषौँ बोल्दा, हदभन्दा बढि माया गर्दा ,चाहेभन्दा बढि समय दिदा, धेरै सम्मान गर्दा पनि सम्बन्ध कमजोर रहेको महशुस हुन्छ भने कोहि थोरै समयमै नजिक भएको र आफ्नोपनको महसुस गराउँछ । बर्षौ अघि परिचय भएका तर रगतको नाता नै भएको आभास गराउँछ ।

हरेक सम्बन्ध निर्माण आकर्षण, स्वार्थ र समान बिचारबाट सुरु हुन्छ । निरन्तर संवाद चलिरहेको अवस्थामा पनि कति सञ्जालका सम्बन्ध चिसो र खल्लो भएको महशुल हुने नै भयो । सम्बन्ध त घरपरिवारका सदस्यको जस्तो हुनुपर्छ बुबा आमा छोरा छोरिको जस्तो सधैं उस्तै सरल, स्वच्छ । बिना कुराकानि पनि निरन्तर प्रवाह भै रहने ।

राति बाह्र बजे फेसबुकमा जन्मदिनको शुभकामना लेखेर पहिलो पोस्ट गरे मात्रै माया देखाएको हुन्छ ठान्दै तछाड मछाड गरिरहेका आजका युवा हामिलाइ सम्बन्धको मजबुती त्यसको बिचार र मन हो भनेर कसले भनिदिनु ?
धेरै सम्बन्ध सञ्चालन बाटै सुरु हुन्छन र सञ्जाल बाटै अन्त्य हुन्छन् । कसले कति समयमा रिप्लाई दियो, कसले बढि समय दियो, कसले कम दियो भन्नेमै आजका युवा रुमलियको देखिन्छ । मैले बढि समय दिए तिमिले कम समय दियौ भन्दै जब सम्बन्धमा जब साटफेरको घटजोड सुरु हुन्छ तब सम्बन्धको मजबुति पनि घट्दै जान्छ ।

सामाजिक सञ्जालको छत्रछाँयामा माधुर प्रेमको कल्पनामा डुबिरहेको बेला जब वास्तविकताले झक्कझकाउछ तब मा झस्कनेको संख्या धेरै छ याहाँ । त्यसलाई धोकाको नाम दिएर पुर्ण नयाँ प्रेम खोज्न निस्कन्छौ भौतारिन्छौ फेरि कोहिसँग ठेस लाग्छौ यसरी अघि बढ्दै जाँदा न हामी सम्बन्धको महत्त्व बुझ्छौँ न सामिप्यताको महशुस नै गर्न सक्छौ बस एकपछि अर्को संग सुरुमा गफ गर्छौ अनि पछि गालि । जब सञ्जालमा भएका सम्बन्धलाई मात्रै सम्पुर्ण मानिरहेका हामीलाइ सञ्जाल बाहिरको कुनै जानकारि नै छैन । सबैका मनमा एउटा चाहाना चाहिँ अवश्य हुन्छ कोहि आवस जसले उसलाइ बुझिदियोस् उसलाइ माया गरिदिने ,उसको ख्याल राख्ने,कमाउने अनि चटक्क परेको मान्छे । तर उनिहरुले यो सम्म ख्याल राख्दैनन कि यदि यस्तै मान्छे उसको जिवनमा आयो भने उसको चाहिँ ख्याल कसरी राख्छु भनेर ।

सबै समयको खेल न हो। यहाँ कुनै सम्बन्ध स्थाइ हुदैन न सञ्जालको होस् नत भौतिक रुपमा रहेका सम्बन्ध नै हुन्। समय अनुसार बद्लिदै जान्छन् समय सँगै बिचार र परिस्थितीहरु परिवर्तन हुँदै जान्छन्। नयाँ परिस्थितिमा जो रम्न र त्यसलाइ स्विकार्दै त्यसको जवाफ दिदै अघि बढ्न सक्छन् उनिहरु मात्रै चलिरहन्छन् । अरु हराउछन सम्बन्ध र जीवनबाट नै यसरी छुट्ने सम्बन्धले त्यो बिगत भएको हो ।
सञ्जाल सबैथोक होइन यसलाई नै जीवन सोच्नु हुदैन सञ्जालमा धेरै भेटिन्छन र छुट्छन यस्लाई सहज रुपमा लिन सक्नु पर्छ। सञ्जालको माध्यमबाट नबुझि उसको आनीबानिहरुसंग परिचित नभई बिचार नमिली कसैको सम्बन्धमा नबस्नु नै राम्रो कुरा हो ।

आजका युवा सामाजिक सञ्जालमा आएका सामग्रीमध्ये के हेर्ने ? के पढ्ने ? के सेयर गर्ने  र त्यसमा के लेख्ने ? भन्ने प्रश्न आफैंले आफैंलाई गर्दैनन्। कसले कुन स्वार्थले पेज बनाएर कस्तो भ्रमको खेती गरिरहेको छ, त्यो पनि बुझ्दैनन्। मानिस चेतनशील प्राणी हो, यो वाक्यांश स्कुल तहमै शिक्षकले पढाएको कुरा सञ्जाल चलाउन थालेपछि भुसुक्क बिर्सन्छन्।

भनिन्छ, एउटा भेडा भीरदेखि हाम फाल्यो भने सबै भेडा हाम फाल्छन्। हाम्रो प्रवृत्ति त्यस्तै छ। एउटा मान्छेले केही सेयर गरे ‘भेडा’ कै शैलीमा सबैले सेयर ठोक्छौं। अनावश्यक विषयको अफवाहले सामाजिक सञ्जाल एकातर्फ ‘फोहोरी’ नै बनिसकेको छ। यो आफैंमा फोहोरी होइन। तर, प्रयोग जसरी गर्याे परिणाम पनि त्यसरी नै आउँछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?