कोइली नदीले बगाउँदा दुईजना बेपत्ता

सांकेतिक तस्बिर

Read Time = 1 min

वाणगङ्गा । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् । वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन् ।

आज बिहान नदी तर्ने क्रममा उनीहरूलाई नदीको बहावले बगाएको हो । अहिले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरूसँगै नदी तर्न लागेका छोरालाई भने स्थानीयवासीले उद्धार गर्न सफल भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?