जुम्लाको सरकारी टोली बडिमालीका प्रस्थान

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

-विजय रावत

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीको भगवती मन्दिरमा पुजाआजा गर्नेका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौ भक्तजनको टोली बडिमालिका गएको छ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मंगलबार जुम्लाको सरकारी टोली बडिमालिका गएको जुम्लाका संस्कृत जानकार रमानन्द आर्चायले जानकारी दिनुभयो ।

नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण, पाँच वटा सलामी, ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोलीसहित बडिमालिका हिँडेको टोलीलाई स्थानीयवासिदेखि सुरक्षाकर्मीले भव्यका साथ बिदाइ गरिएको छ । संस्कृत जानकार आर्चायले भन्नुभयो ,‘परम्परादेखि हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ ।

डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिरसहित बिदाइ गरेका छन ।’ जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी पाँच वटा पूजाका सामानहरू पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको संस्कृत जानकार आर्चायले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसँग समन्वय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत वर्ष कोरोनाका कारण सिमित रुपमा टोली बडिमालिका गएको थियो । यस वर्ष नागरिकको उत्साह पनि धेरै देखियो । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली आगामी भदौ १ गते जिल्लामा फर्किने छ ।’ बडिमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिसुष्णताको विकास संगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समितिका प्रमुख गोरीनन्द आर्चायले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?