बर्खामा पनि भित्रिए अन्नपूर्ण पदमार्गमा पर्यटक

अन्नपूर्ण बेसक्याम्प

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) मनाङले जनाएको छ ।

पदमार्ग आएका पर्यटकमा स्वदेशीभन्दा विदेशी पर्यटक बढी देखिएको छ । एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार अफ सिजनको समयमा समेत पर्यटक पदमार्गमा आउने गरेका छन् । पर्यटकका लागि लमजुङ खण्डको सडकमा केही समस्या भए पनि मनाङतर्फको सडक सहज रहेको बताए । पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तिनाथ जोमसोमसम्म पुग्ने गर्छन् ।

केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ । धारापानी चेकजाँच केन्द्रका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार हाल दैनिक १०/१२ जनासम्म पर्यटक पदमार्गमा भित्रिएका छन् । असारदेखि भदौ १५ सम्मको समय अफ सिजनको समय मानिन्छ ।

सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन् । गत वर्ष २०२१ को जुलाई महिनामा एकजना मात्र पर्यटक आएका थिए । लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुंगिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?